सिन्धुलीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं ।  सिन्धुलीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सिन्धुलीको तिनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बोलेरो जिप कमलामाई नगरपालिका २ चियाबारीमा दुर्घटना हुँदा थप १३ जना घाइते भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द काफ्लेले जानकारी दिए । बा २० च ८२८३ नम्बरको बोलेरो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेलाई सिन्धुली अस्पताल लगिएको र उहाँहरूको नाम सङ्कलन गर्ने कार्य भई रहेको एसपी काफ्लेले जानकारी दिए । दुर्घटनापछि बिपी राजमार्ग अवरुद्ध भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर