बिहीबार पूर्वाह्नसम्ममा शेयर बजारमा ५२ अंकको वृद्धि

काठमाडौं । शेयर कारोबारको अन्तिम साताको बिहीबार साढे ११ बजेसम्म शेयर बजारमा ३ हजार अंकको वृद्धि भएको छ । हिजो बुधबारको पूर्वाह्नसम्ममा नेप्से ५२ अंक बढेर ३००९ मा कायम भएको हो । त्यस्तै कारोबार रकममा पनि उच्च वृद्धि देखिएको छ । आज शेयर बजार खुलेको आधा घण्टामै ५ अर्ब १० करोडको कारोबार भएको छ । १६६ कम्पनीको मूल्य बढ्दा ७१ को घटेको छ भने ६ को स्थिर रहेको छ।

आज पूर्वाह्नसम्ममा बैंकिङ समूहको सूचक ४.६, विकास बैंक १.५, फाइनान्स १.४, होटल तथा पर्यटन १.९, हाइड्रोपावर १.३, लगानी १.३, उत्पादन ०.६, माइक्रोफाइनान्स ०.४, निर्जीवन बीमा १.८ प्रतिशत बढेका छन् । जीवन बीमा ०.१ तथा अन्य ०.९ प्रतिशत घटेका छन् । आज शेयर बजार बन्द हुने समयसम्ममा उच्च अंकको वृद्धि हुने सहज अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर