कालीमाटीमा तरकारी सस्तिँदा पनि बजारमा महँगो

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज बजारमा काउली, ब्रोकाउली, तने बोडी मूलालगायतका तरकारीको भाउ सामान्य बढेको भए पनि अन्य तरकारीको भाउ घटेको छ । तर, बजारमा भने अधिकांश तरकारीको मूल्य घट्न सकेको देखिदैन ।

कालीमाटीमा ठुलो गोलभेडा प्रतिकेजी ९५ रुपैयाँ पुगेको भए पनि लोकल गोलभेडा घटेर ४५ र टनेल गोलभेडा ६१ रुपैयाँमा झरेको छ । यद्यपि बजारमा भने गोलभेडाको भाउ प्रतिकेजी १ सय रुपैयाँदेखि १२० रुपैयाँसम्ममा खरिद बिक्री भइरहेको छ ।

त्यस्तै, रातो आलु प्रतिकेजी ६७ रुपैयाँ ६७ पैसा, भारतीय रातो आलु ५७ रुपैयाँ, मुडेको रातो आलु ५९ रुपैयाँ रहेको छ भने सुकेको प्याज सामान्य बढेर ९७ रुपैयाँ ६७ पैसा र लोकल गाजर ११० रुपैयाँ पुगेको छ । यसैगरी, तराई गाजरको भाउ घटेर ८५ रुपैयाँ, लोकल बन्दा ७५ रुपैयाँ, तराई बन्दा ५५ रुपैयाँ रहेको छ भने स्थानीय काउली बढेर प्रतिकेजी ८५ रुपैयाँ पुगेको छ ।

यसैगरी स्थानीय ज्यापु काउलीको भाउ ११० रुपैयाँ रहेको छ भने डल्लो भन्टा ५५ रुपैयाँ, तने बोडी ९५ रुपैयाँ पुगेको छ भने घिउ सिमीको भाउ घटेर प्रतिकेजी ९५ रुपैयाँ, राजम सिमी १२५ रुपैयाँ, टाटे सिमी ११५ रुपैयाँ, भटमासकोशा १२५ रुपैयाँ, तितो करेला ३५ रुपैयाँ, लौका ४५ रुपैयाँ र परवर ७५ रुपैयाँमा झरेको छ ।

त्यस्तै, चिचिण्डोको भाउ घटेर प्रतिकेजी ३५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ, झिगूनी ५५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ, पिंडालू ७५ रुपैयाँ, स्कूस ४५ रुपैयाँ, रायोको साग ९५ रुपैयाँ, चुकुन्दर ७५ रुपैयाँ, रातो बन्दा ८५ रुपैयाँ र जिरीको साग ९५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर