मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

काठमाडौं ।  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स (एमपक्स) लाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । अफ्रिकाका केही भागमा ‘एमपक्स’ फैलिएपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्यआपतकाल घोषणा गरेको हो । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिकाभित्र र बाहिर फैलिने सम्भावना रहेकाले यसलाई ‘धेरै चिन्ताजनक’ अवस्था भनेका छन् । ‘यो प्रकोप रोक्न र जीवन बचाउन अन्तर्राष्ट्रिय समन्वय आवश्यक छ’, उनले भने।

अत्यधिक संक्रामक मानिने मंकीपक्सले कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४५० जनाको मृत्यु भएको छ । अहिले मध्य र पूर्वी अफ्रिकामा फैलिइरहेको बीबीसीले जनाएको छ । यो भाइरस सबैभन्दा पहिले जनावरहरूबाट मानिसमा सरेको भए पनि अहिले मानिसबाट मानिसमा पनि सर्ने गरेको छ ।एमपक्स यौन सम्पर्क, छाला र अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि सर्नसक्छ । यसमा फ्लूजस्ता लक्षणहरू देखिन्छन् ।

नेपालमा पहिलो पटक २०८० को असारमा एमपक्सको संक्रमण पुष्टि भएको थियो । यसको प्रारम्भिक लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने असर देखा पर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर