एनटिसीको सबै प्रिपेडमा रोमिङ सुविधा

काठमाडौं ।  नेपाल टेलिकमले बुधबारदेखि सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः उपलब्ध हुने सुविधा सुरु गरेको छ । यससँगै टेलिकमका सबै प्रिपेड ग्राहकहरूको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः उपलब्ध हुने कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु भएका ग्राहकले टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

टेलिकमका अनुसार कम्पनीले रोमिङ सेवा उपलब्ध गराएका भारतबाहेकका अन्य देशमा यो सुविधा क्रमशः उपलब्ध हुने छ । भारतमा भने यो सेवा उपयोग गर्नका लागि कम्पनीका ग्राहकले नेपालमै रहँदा आफ्नो मोबाइलबाट युएसएसडी कोड डायल गरी वा नेपाल टेलिकम एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सक्ने पनि कम्पनीले जनाएको छ । प्रिपेड मोबाइलमार्फत हाल ४० देशमा टेलिकमको रोमिङ सुविधा प्रयोग गर्न सकिन्छ । यसका लागि ती देशमा रहेका ५४ अपरेटरसँग सम्झौता सम्पन्न भई सेवा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर