ओलीको नियुक्ति र शपथविरुद्ध दायर भएको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथविरुद्ध दायर भएको रिट खारेज गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासले ओलीको नियुक्ति संविधानसम्मत देखिएको भन्दै  रिट  खारेज गरेको हो ।

प्रधानमन्त्रीमा ओलीलाई गरिएको नियुक्तिमा गलत धाराको प्रयोग भएको दाबी गर्दै तीन वटा छुट्टाछुट्टै रिट इजलासमा दर्ता भएको थियो । उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सुनुवाइ गर्न उपयुक्त भएको भन्दै संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो । सो आदेशअनुसार आज संवैधानिक इजलासमा सुनुवाइ भइ खारेज भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार गरेको नियुक्ति गैरकानुनी रहेको भन्दै खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले असार ३१ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए । सर्वोच्चमा दर्ता भएको रिटमा संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गरी ३ अनुसार नयाँ नियुक्तिका लागि परमादेशको आदेश माग गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर