प्रतिनिधिसभाबाट टीआरसी विधेयक, २०८१ पारित

काठमाडौं । प्रतिनिधिसभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) (तेस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख देवराज घिमिरेले उक्त प्रस्तावलाई बैठकको निर्णयार्थ प्रस्तुत गर्दा बहुमतबाट विधेयक पारित भएको घोषणा गरे ।

त्यसैगरी सभामुख घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ६ गतेको बैठकमा हुनेगरी निर्धारण गरिएको जानकारी पनि दिए । प्रश्नोत्तरका लागि समूह ७ मा रहेका सांसदले भदौ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधिसभाका सचिवलाई आफ्नो प्रश्न लिखित रूपमा दिन उनले आग्रह गरे । प्रतिनिधिसभाको आगामी बैठक भदौ ६ गते बिहीबार दिनको १ बजे बस्नेगरी बोलाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर