हतियार व्यवस्थापन गरेबापत पार्टी विभाजन भए पनि देश बचेको प्रचण्डको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेना समायोजन र हतियार व्यवस्थापन गरेबापत पार्टी विभाजन भए पनि देश बचेको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलमा भाग लिँदै प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै नमुना शान्ति प्रक्रिया भएको पनि बताए । ‘यदि यही शान्ति प्रक्रिया युरोप या पश्चिमा देशहरूमा भएको भए शयद यसको मान्यता र स्थापित गर्ने काम ठूलो स्केलमा हुने थियो होला’, प्रचण्डले भने, ‘संसारभर चल्ने यस प्रकारका युद्ध कि त हारमा परिणत भएका छन् कि जितमा ।’
प्रचण्डले जनयुद्ध शब्द सुन्न नचाहेको देख्दा छक्क परेको बताउँदै उनले भने, ‘हिंसात्मक द्वन्द्व भनेर लेखेको भनेको देख्छु, माओवादी जनयुद्ध भनेर लेख्न र बोल्न पर्दा जातै जान्छ जस्तो गर्छन,’ प्रचण्डले भने, ‘माओवादी जनयुद्ध नभएको भए यो संसारकै नयाँ मोडेलको शान्ति प्रक्रिया सम्भव भएको हो ।’ कांग्रेसका पूर्णबहादुर खडका नेतृत्वको समितिले नै माओवादी जनयुद्ध भनेर उल्लेख गरेको पनि उनले स्मरण गराएका छन् ।
प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधेयक संसद्‌बाट पारित भएसँगै सहिदहरूका सपना साकार हुने विश्वास पैदा भएको बताए । ‘शान्ति प्रक्रियाको अभिन्न अंगका रूपमा रहेको संक्रमणलीन न्यायसम्बन्धी आयोगको विधेयक आज सदनले पारत गर्दै छ। यो सहमतिसँगै शान्ति प्रक्रियाले पूर्णता पाउने विश्वास र हजारौँ सहिदका सपना साकार हुने विश्वास पनि पैदा भएको छ’, उनले भने, ‘योसँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको छ। अब परिवर्तनका उपलब्धि संस्थागत गर्दै समृद्धिको महान् यात्रा अघि बढ्ने फराकिलो बाटो प्राप्त गरेका छौं।’

प्रचण्डले भने, “माओवादी नै शान्ति प्रक्रियाको प्रारम्भकर्ता भएको बताए। ‘तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघमा निर्वाचित सरकारलाई अपदस्थ गरेपछि मूलधारका दलहरू माओवादीसँग सहकार्य गर्न तयार हुने वातावरण बनेको सबैलाई थाहा छ। यसअर्थमा माओवादी नै शान्ति प्रक्रियाको प्रारम्भिक आरम्भकर्ता हो भन्ने वििधा मान्नुपर्छ भन्ने मलाई लाग्दैन।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर