शेयर बजारमा आज देखियो करेक्सन

काठमाडौं । शेयर बजारमा करेक्सन देखिएको छ । मंगलबार नेप्से परिसूचक ८.१८ बिन्दुले घटेर २९ सय २३।४६ बिन्दुमा झरेको छ ।

उतारचढावका बीच बढ्ने र घट्ने हुँदै अन्तिम समयमा बढेर बजार बन्द भएको छ । यद्यपि, आज कारोबार रकम भने उच्च अंककै रहेको छ । यसदिन २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँको भएको छ । तीन कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । जसमा मातृभूमि लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेड रहेका छन् ।

आज नेपाल फाइनान्स लिमिटेडको शेयरमूल्य ९।९३ प्रतिशतले घटेको छ । सर्वाधिक कारोबार पनि यसै कम्पनीको भएको छ । आज यस कम्पनीको ८१ करोड ९९ लाख बराबरको कारोबार भएको छ ।

शेयर बजारमा सामान्य करेक्सन, कारोबार भने २१ अर्ब ५१ करोड


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर