अभिव्यक्ति प्रवाहमा सभामुखको हस्तक्षेपपछि….

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा उठेर विरोध जनाएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा रास्वपाका सांसद हरि ढकालले भ्रष्टाचारका कारण सडक दुर्घटना भएको बताएपछि विद्युत बक्यौता महसुलका बारेमा बोल्दै गर्दा सभामुखले माइक काटेपछि विवाद बढेको हो । त्यसपछि सभामुख देवराज घिमिरेले सांसद रवि लामिछानेलाई समय दिएका थिए । तर लामिछानेले कुनै कुरा नबोली ढकाललाई नै बोल्न दिनु पर्ने माग गरेका थिए ।
यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले सदनमा पाइने आकस्मिक समयमा सांसदले बोल्ने कुराको निर्धारण सभामुखले गर्न नपाउने भन्दै आपत्ति जनाए । ‘हामीले जुन यो आकस्मिक समय प्राप्त गर्छौँ । यो पटकबाट परम्परा बिगारिराखिएको छ । सदस्यलाई तिमीले यो मात्रै बोल्न पाउँछौँ, पहिले नै यो विषय भनेर लेखाएर मात्रै बोल्न पाउँछौँ भन्ने प्रकारको व्यवस्था मान्य हुँदैन,’ लिङ्देनले भने ।

त्यसपछि सभामुख देवराज घिमिरेले विषयमा केन्द्रित हुन सुझाए । ‘विषयलाई तोकेर दिएको कुरामात्रै बोलौँ । विषय केन्द्रित भए राखौँ, नत्र बसौँ’, सभामुखले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर