मधेश प्रदेशमा ८ जना राज्यमन्त्री चट्, अब १२ मात्रै मन्त्री

(मुख्यमन्त्री सतिशकुमार सिंह)

काठमाडौं ।  मधेश प्रदेशमा जनमत पार्टीबाट मुख्यमन्त्री भएका सतिशकुमार सिंहले ८ जना राज्यमन्त्री हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । ठूलो आकारको मन्त्रिपरिषद् गठन गरेको सर्वत्र आलोचना खेपेका मुख्यमन्त्रीले पुनर्गठन गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएका छन्। प्रदेश प्रमुख सुमित्रा भण्डारीका नीजि सचिव लुम्बनाथ पोखरेलले पदमुक्त गरेर मन्त्रिपरिषद् पुनर्गठन गरिएको पत्र मुख्यमन्त्री कार्यालयबाट आएको पुष्टि गरे।

मुख्यमन्त्री सिंहले एमालेका मोहम्मद जैद आलम, केशव राय, शारदादेवी थापा, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह र रन्जु खंग, कांग्रेसका रेखा ठाकुर र निलम कुमारी राज्यमन्त्री नियुक्त गरेका थिए। अब मधेस सरकारमा १२ जना मन्त्री रहेका छन् । यसैबिच नेकपा एमालेको तर्फबाट राज्यमन्त्री बनेका तीन सांसदले हिजो ९सोमबार० नै पार्टी संसदीय दलका नेता सरोज कुमार यादवलाई राजीनामा बुझाइसकेको दाबी गरे। जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेसका मुख्यमन्त्री सिंहले आफूखुसी निर्णय गरेको भन्दै स्पष्टीकरण सोधेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर