सुन प्रतितोला एक्काईस सय रुपैयाँ महँगियो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुनको प्रतितोला २,१०० सय रुपैयाँ वृद्धि भएको छ । आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार ८०० मा कारोबार भइरहेको छ । हिजो त्यही सुन १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदी प्रति तोला १७४० रुपैयाँ पुगेको छ । सोमबार चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर