किरण बज्राचार्यलाई उपत्यकाको सुरक्षा जिम्मेवारी

काठमाडौं । काठमाडौं उपत्यकाको सुरक्षा जिम्मेवारी पहिलोपल्ट महिलाले नेतृत्व गर्ने भएकी छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले सोमबार रानीपोखरीस्थित कार्यालयबाट सरुवा भएका एआईजी दीपक थापालाई बिदाइ गर्दै जिम्मेवारी सम्हालेकी हुन् ।

यसअघि किरणले एसपी हुँदा भक्तपुर र एसएसपी हुँदा ललितपुर प्रहरी प्रमुखको रूपमा काम गरिसकेकी छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय सरुवा हुनुभन्दा पाँच महिनाअघि उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) निर्देशकको रूपमा काम गरिसकेकी छन् । अहिले भने उनी प्रहरी मुख्यालयको कार्य विभागबाट सरुवा भएकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर