दाउन्नेमा सडक भासिँदा यात्रा कष्टकर

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा सडक भासिएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार सडक भासिँदा दाउन्नेमा सवारीसाधन एकतर्फी मात्र सञ्चालनमा भइरहेको छ ।

अघिल्लो वर्ष सडक छेउको घर भासिएको स्थानमा थप पहिरो जाँदा सडक भासिएको हो । सडक डिभिजन कार्यालयको संयोजनमा आज मर्मतको काम सुरु गर्ने प्रहरी नायव उपरीक्षक पौडेलले बताए । बुटवल–नारायणगढ सडक विस्तारका क्रममा जीर्ण भएको दाउन्ने खण्डको यात्रा अहिले निकै कष्टकर भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर