ठूलो निर्वासन गर्ने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्प र सामाजिक प्लेटफर्म एक्सका मालिक एलन मस्क दुवैले अमेरिकाको दक्षिणी सीमा व्यवस्थापनको आलोचना गरेका छन् । ट्रम्प र टेस्लाका सीईओ एलोन मस्कले आफ्नो मंगलबार बिहान एक्सकाे स्पेश कुराकानीको क्रममा अमेरिकी अध्यागमनको बारेमा लामो छलफल गर्ने क्रममा अवैध आप्रवासनका बारेमा खुलेर कुरा गरेका छन् ।

मस्कले अमेरिकाले अवैध आप्रवासलाई सीमित गर्न आवश्यक रहेकोमा जोड दिँदै अमेरिकाको दक्षिणी सीमा यात्राको क्रममा भोगेको र देखेको घटना सुनाउँदै भने कि, ‘त्यहाँ देखिएका मानिसहरू मैत्री देखिएनन् ।’

दक्षिण सीमाबाट अमेरिका छिर्न खोजिरहेका मानिसहरू क्यापेबल नभएको भन्नेमा उनीहरू दुबै सहमत भएको सीएनएनले जनाएको छ ।  ट्रम्पले आफ्नो पूर्ववत दावीहरू दोहोर्‍याउँदै अन्य देशका ‘अपराधी र मानसिक रोगी’ अमेरिकाको सीमाभित्र छिरिरहेको बताए । ट्रम्पले राष्ट्रपति जो बाइडेनको ‘सीमा रक्षक नियुक्त’ गरेको भन्ने दावी झूटो भएको उल्लेख गर्दै सीमाका मुद्दाहरूको लागि उपराष्ट्रपति कमला ह्यारिसलाई पनि दोष दिएका छन्  ।

पूर्वराष्ट्रपतिले यदि आफु निर्वाचित भएमा प्रतिबद्धता जनाउँदै भनेका छन्- ‘हामी निर्वाचित भयाैं भने हामीले यो देशको इतिहासमा सबैभन्दा ठूलो निर्वासन गर्नेछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर