विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर महँगियो

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ ०६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा थियो। युरोपियन युरो १ को खरिद दर १४६ रुपैयाँ ४१ पैसा र बिक्री दर १४७ रुपैयाँ ०६ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७१ रुपैयाँ ०९ पैसा र बिक्री दर १७१ रुपैयाँ ८६ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ४७ पैसा र बिक्री दर ८८ रुपैयाँ ८७ पैसाछ । यस्तै कुवेती दिनार १ को खरिद दर ४३७ रुपैयाँ ६२ पैसा र बिक्री दर ४३९ रुपैयाँ ५८ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५५ रुपैयाँ ६७ र बिक्री दर ३५७ रुपैयाँ २६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर