नेपालको धितोपत्र बजारमा कारोबारको नयाँ रेकर्ड

काठमाडौं । शेयर कारोबारको दोस्रो दिन आज सोमबार नेपालको धितोपत्र बजारमा कारोबारले नयाँ रेकर्ड बनाएको छ । आज कुल २७ अर्ब २४ करोड रुपैयाँको शेयर कारोबार भएको छ । अघिल्लो दिन आइतबार एकैदिन २५ अर्ब ७७ करोडबराबरको शेयर कारोबार भएर नयाँ कीर्तिमान कायम भएकोमा एकै दिनमा उक्त रेकर्ड टुटेको हो ।

यसैगरी आज नेप्से परिसूचक पनि बढेको छ । सोमबार नेप्से ७०.८१ अंकले बढेर २९३.६५ बिन्दुमा पुगेको छ । आज नेप्से दिउँसो २ बजेर ४६ मिनेटमा २९ सय ३७.२५ को बिन्दुमा पुगेकोमा कारोबार अवधिको अन्तिम समयमा केही खस्किएर अन्तिम समयमा सामान्य बढेको थियो । आज १३ मध्ये ११ उपसूचकमा हरियाली आएको छ । ५ हाइड्रोपावर र दुई जीवन बीमा कम्पनीको शेयरमा सर्किट लागेको छ । हिमालयन लाइफ इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर १० प्रतिशतले बढेको छ । यस्तै जोशी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, शुभम पावर लिमिटेड र भिजन लुम्बिनी ऊर्जा कम्पनीको शेयरमा सर्किट लोको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर