पेरिस ओलम्पिक सम्पन्न : अमेरिका शीर्ष स्थानमा

काठमाडौं ।  फ्रान्सको राजधानी पेरिसमा जुलाई २६ बाट सुरु भएको ओलम्पिक खेलकुद आइतबार समापन भएको छ। आइतबार तीन घण्टा चलेको भव्य समारोहका बीच ओलम्पिक समापन भएको हो। फ्रान्सको राष्ट्रिय गानबाट सुरु भएको समारोह अमेरिकाको राष्ट्रिय गानसँगै समाप्त भएको थियो।

अमेरिकाले सन् २०२८ को ओलम्पिक आयोजना गर्ने भएकाले हलिउड अभिनेता टम क्रुज र अमेरिकी र्यापर स्नुप डगले अमेरिकाको प्रतिनिधित्व गरेको देखियो । कार्यक्रममा गोल्डेन भोयाजर, फिनिक्स ब्यान्ड र गायक बिली एलिसले पनि आफ्नो प्रस्तुति दिएका थिए। ओलम्पिकमा नेपालबाई सहभागी भए पनि कुनै पदक हासिल गर्न सकेन।

पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका १२६ पदक (४० स्वर्ण, ४४ रजत र ४२ कांस्य) सहित शीर्ष स्थानमा छ। चीन चीन ९१ पदक (४० स्वर्ण, २७ रजत र २४ कास्य) सहित दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको जापानले कुल ४५ पदक जितेको छ जसमध्ये २० स्वर्ण छन्। नेपाल सहित कुनै पदक नपाएका ११४ देश छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर