बिहारको सिद्धेश्वरनाथ मन्दिरमा भागदौड मच्चिँदा सात जनाको मृत्यु

काठमाडौं । भारतको उत्तरी राज्य बिहारको जहानावाद जिल्लास्थित बाबा सिद्धेश्वरनाथ मन्दिरमा सोमबार भागदौड मच्चिँदा सात जनाको मृत्यु भएको छ। राति १२ देखि साढे १२ बजेको बीचमा भएको घटनामा १० भन्दा बढी घाइते भएका छन्।

जहानावादका उपविभागीय अधिकारी विकास कुमारले घटनाको पुष्टि गर्दै अवस्थाको अध्ययन गरिरहेको बताएका छन्। उनले भने, ‘हामी अवस्थाको अध्ययन गरिरहेका छौं। अहिलेसम्म ७ जनाको मृत्यु भएको पुष्टि भएको छ। १० भन्दा बढी घाइते छन्।’ प्रहरी अधिकारीका साथै जिल्ला शीर्ष अधिकारीहरू घटनास्थलमा पुगेका छन्। मृतकको सनाखतको काम भइरहेको छ । घाइतेहरूको जेहानाबाद सदर र मखदुमपुर सदर अस्पतालमा उपचार भइरहेको छ। घटना मखदुमपुर प्रहरी चौकी क्षेत्रमा भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर