सहकारीपीडित राजेन्द्र स्थापितको उपचार खर्च नभएर मृत्यु भएको भन्दै प्रदर्शन

काठमाडौं । सहकारीपीडित राजेन्द्र स्थापितको उपचार खर्च नभएर मृत्यु भएको भन्दै उनका आफन्तले आज राजधानीमा प्रदर्शन गरेका छन् । सहकारीमा जम्मा गरेको आफ्नै पैसा झिक्न नपाएपछि उपचार अभावमा वीर अस्पतालमा मस्तिष्कघातको उपचार गराइरहेका स्थापितको हिजो मृत्यु भएको थियो । उपचारका लागि आवश्यक पाँच लाख रुपैयाँको अभावमा उनले ज्यान गुमाउनुपरेको भन्दै आफन्तले उनको मृत्युको जिम्मा राज्यले लिनुपर्ने माग गरेका छन् ।

न्युरोडमा रहेको युवा बचत तथा ऋण बहुउद्देश्यीय सहकारीमा स्थापितले एक करोड ३६ लाख रुपैयाँ जम्मा गरे पनि आफ्नै उपचारका लागि पैसा झिक्न नपाएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले बताए । उनका अनुसार अहिले स्थापितको शव वीर अस्पतालमै रहेको छ । आफन्तले नक्कली शव बनाएर विरोध स्वरूप शव यात्रा गरेर सडकमा प्रदर्शन गरेपछि प्रहरीले सहकारीका सञ्चालकविरुद्ध जाहेरी दर्ता गरेको पनि उनले बताए । स्थापित पछिल्लो एक वर्षभन्दा लामो समयदेखि सहकारीको बचत रकम फिर्ता गर्न माग गर्दै सहकारीपीडितको आन्दोलनमा सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर