धरानमा हर्क सापाङविरुद्ध आन्दोलन जारी, आज पनि घेराउ

काठमाडौं । खानेपानी महसुल वृद्धिविरुद्ध धरानका जनप्रतिनिधि, राजनीतिक दल, र स्थानीयवासीले पुनः उपमहानगरपालिका घेराउ गरेका छन् । खानेपानी महसुलमा नौ हजार नौ सय प्रतिशतसम्म मूल्यवृद्धि गरेपछि आक्रोशित उपभोक्ताले करिब १५ दिनदेखि महसुल घटाउन माग गरी आन्दोलन गर्दै आएका हुन्।

गत बिहीबार उपमहानगरको गेट अगाडि आन्दोलन गरेपछि खानेपानी बोर्डका अध्यक्ष तथा नगर प्रमुख हर्कराज राई सापाङले आज वार्तामा आउन मौखिक रुपमा आग्रह गरेका छन् । नगरप्रमुख राईले १० दललाई मौखिक रुपमा वार्तामा बोलाएकोमा असहमति जनाउँदै पुनः आज उपमहानगरपालिका घेराउ गरेको नेपाली काङ्ग्रेसको धरान अध्यक्ष श्याम पोख्रेलले बताए । १० दलको माग भनेको वृद्धि भएको महसुल घटाउनुपर्ने माग रहेको उनले माग गरे ।

आन्दोलनमा जनता लुट्न बन्द गरु, नौ हजार नौ सय प्रतिशत शुल्क वृद्धि खारेज गर, धराने जनतालाई गाली गर्न बन्द गर, खानेपानीको मूल्यवृद्धि फिर्ता गर, छाडा बोल्न पाइँदैन, जनतालाई ढाँट्न पाइँदैन, सुरक्षाकर्मीलाई गाली गर्न पाइँदैनलगायतका नारासहित सयौंको सङ्ख्यामा १० दलसहित नागरिकहरुले नाराबाजी गरेका थिए ।

आन्दोलनकारीको मागलाई सम्बोधन गर्ने भन्दै नगरप्रमुख राईले पत्र लेखी आज २ बजे वार्तामा बोलाएपछि १० दलले तीन सूत्रीय मागसहित जाने भएको नेपाली काङ्ग्रेस धरानका अध्यक्ष पोख्रेलले बताए । खानेपानी बोर्डका अध्यक्ष नगर प्रमुख राईले एकलौटी रुपमा मूल्यवृद्धि गरेको भन्दै धरानका जनप्रतिनिधि, राजनीतिक दलहरुले गत साउन ११ गतेदेखि मौन जुलुस निकाली वृद्धि भएको महसुलको बिल पुरानै दरमा कायम गर्न आन्दोलन सुरु गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर