आज सर्वाधिक २५ अर्ब ७७ करोड ९४ लाखको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज आइतबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा २५ अर्ब ७७ करोड ९४ लाखबराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि यही साउन २६ गते बुधबार नेप्सेमा २१ अर्ब ९१ करोड १५ लाखबराबरको करोबार भएको थियो ।
आज नेप्से ९४.५३ अंकले बढेर दुई हजार ८ सय ६० दशमलब ९१ विन्दुमा बन्द भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २२५ वटाको बढेको छ भने १५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज कुथेली बुखेरी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको छ । यसका साथै आज हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको एक करोड ५२ लाखबराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर