मनमोहन अस्पतालको छतबाट हाम्फालेका युवाको मृत्यु

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम्फालेका एक युवाको आज मृत्यु भएको छ । प्रहरी वृत्त महाराजगञ्जका अनुसार अस्पतालको छैटौँ तलामा रहेको एस क्याफे रहेको स्थानबाट हाल्फालेका गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरुपराज आचार्यको मृत्यु भएको हो ।

महाराजगञ्जका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले उनी क्याफेमा कफी पिएर बसेका र केहीबेरमा हाम्फालेका पाइएको जानकारी दिए । उनी त्यहाँ बेलाबेलामा कफी पिउन आउने गरेका पनि बताइएको छ । घटनापछि गम्भीर घाइते भएका उनको सोही अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका र्थि । उनको अस्पतालमा बिरामी वा बिरामीका आफन्तसमेत नभएको अनुसन्धानबाट खुलेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर