माओवादी फुट्ने हल्लाले बजार गरम, स्थिति स्पष्ट पार्न जनार्दन शर्माको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी स्थायी कमिटीको बैठक राजधानीमा जारी रहेको छ । बैठकमा प्रजातान्त्रिक वातावरणमा सिंगो पार्टीको राजनीतिक अवस्थाका सम्बन्धमा छलफल जारी रहेको माओवादीका नेताहरूको दाबी रहेको छ । नेपाली राजनीतिक दलको महारोगको रूपमा रहेको गूट–उपगूटको शिकार माओवादी केन्द्रमा पनि रहेको छ । यसैक्रममा जारी स्थायी कमिटीको बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्माले आफूमाथि पार्टी विभाजन गर्न खोजेको अनावश्यक आरोप लगाइएकोबारेमा संस्थापन पक्षसँग गुनासो गरेका छन् ।

पार्टीको बैठकमा मा प्रस्तुत गरेको लिखित वक्तव्यमार्फत आचार्यले आफूमाथि लागेको आरोपको पुष्टि गर्न पनि शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । ‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगे पछि तीव्रता दिइयो, उक्त प्रचारबाजीलाई मद्दत पुग्ने गरी पोखरामा पुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरुलाई पार्टी फुटने पक्कापक्की भयो भन्ने लाग्यो, देशभर यसको असर देखा पर्न थाल्यो,’ शर्माले पेस गरेको राजनतीतिक प्रस्तावमा उल्लेख गरेको एक नेताले बताए ।

ती नेताका अनुसार, पार्टी ‘फुटाउने कसले हो भनेर भनिदिए पछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुटदैँछ र भन्ने सोध्ने गरेकाले भ्रम र यथार्थ बाहिर आउने थियो’, शर्माले भनेका छन् । शर्माले लिखित वक्तव्यमा माओवादी पार्टी विभाजन हुने हल्लालाई लिएर अन्य राजनीतिक दल, सुरक्षा निकाय र व्यूरोक्रेसीमा समेत चासोका साथ हेसिरएको यल्लेख गरेको ती नेताले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर