इजरायलमा कामदार छनोटलाई विश्वसनीय बनाउन समिति गठन

काठमाडौं ।  नेपाल सरकारले वैदेशिक रोजगारीका लागि इजरायल जाने व्यक्तिको छनोट प्रक्रियाको विश्वसनीयता सुनिश्चित गर्न उपाय सिफारिस गर्न समिति गठन गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले इजरायल जाने कामदारले पेश गरेका कागजपत्रबारे समाचार आएपछि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउँदै समितिले छनोट प्रक्रियामा पेश भएका कागजपत्रको सत्यता छानबिन गरी समग्र चयन प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउने भएको छ ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल र इजरायलबीच भएको सरकार–सरकार सम्झौता कार्यान्वयन गर्न सरकार सदैव तत्पर रहेको र छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर