सहकारी छानबिन समितिले रवि लामिछानेलाई जुनसुकै बेला बयान लिने तयारी

काठमाडौं ।  सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि समितिमा बोलाएर बयान लिने जानकारी दिएका छन् । यद्यपि थापाले गते र मिति नबताएता पनि लामिछाने समितिकाृ कार्याधिकारभित्र पर्ने बताए ।
समितिको शुक्रबार बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले भने, गोर्खा मिडिया प्रालि तत्कालीन अध्यक्षसहित पदाधिकारीसँग सोधपुछ गर्ने उल्लेख भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि समितिमा बोलाएर बयान लिनेछ । उनलेसमितिलेृ समयावधिभित्रै प्रतिवेदन बुझाउने तयारी गरेको बताए ।
उनले समितिले अहिले सहकारीका सञ्चालक तथा अध्यक्षहरूलाई बोलाएर सोधपुछ गरिरहेको बताए । उनले कारागारमा रहेकाहरूलाई गृह मन्त्रालयको समन्वयमा समितिको बैठकमा नै ल्याएर लिखित बयान लिइरहेको उल्लेख गर्दै मितिले सहकारी ठगेर विदेशतिर भागेका २१ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई पत्रचार गरेको जानकारी दिए । उनले सरकारबाट केही जानकारी नआएको बताए । उनले २१ जना विदेशमा रहेका सहकारी बचत अपचलन गरेको आरोपमा छानबिनका लागि जरुरी रहेकाले जुनसुकै देशमा भए पनि समितिले समयमा नै छानबिनका लागि ल्याउन सरकारसँग आग्रह गरेको बताए ।

उनले समितिले आगामी एक गतेसम्म सहकारीका सञ्चालक तथा अध्यक्षहरूसँग बयान लिने कार्य सक्ने योजना रहेको बताए । उनले कारागारमा करिब तीन सय जना रहेकाले सबैलाई सोधपुछ गर्न सम्भव नभएको भन्दै प्रतिनिधिमस्लुक रुपमा अर्बौं रुपैयाँ अपचलन भएका सहकारीका अध्यक्ष र सञ्चालकलाई सोधपुछ गर्नेगरी नामावली तयार गरेर सोधपुछको काम भइरहेको जानकारी दिए ।
उनले समितिले प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाएको बताए । उनले सोधपूछ र वित्तीय विश्लेषणको कामसँगै भएको भइरहेको भन्दै सबै प्रक्रियाका आधारमा समितिको प्रतिवेदन तयार पार्ने भएकाले समयमा नै सम्पन्न गर्ने योजना रहेको बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर