विद्युत् प्राधिकरण बैंकक्रप्ट हुँदैन : कुलमान

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाबारे भ्रम फैलाइएको भन्दै उनले ‘केवल कागजमा मात्र देखिने नाफा नभएको’ दाबी गरेका छन्। शुक्रवार आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेर उनले प्राधिकरणको आम्दानी र खर्चसहितको विवरण सार्वजनिक गरेका हुन्।

अहिले प्राधिकरण सरकार र संसदीय समितिसँग डेडिकेटेड र ट्रङ्क लाइन शुल्कको विवादमा घेरिएको छ। बिहीबार मात्र प्राधिकरणले सार्वजनिक लेखा समितिमा डेडिकेटेड र ट्रङ्क लाइनका सबै कागजपत्र पठाएको थियो।  उनले प्राधिकरण बैंकक्रप्ट हुने अवस्थामा छ भन्दै भ्रम फैलाएको दाबी गरे। उनले अहिले प्राधिकरण ४७ अर्ब सञ्चित नाफामा रहेको र यो पुर्‍याउँदा करिब ८२ अर्ब नाफा देखिएको दाबी गरे।

‘यो त्यतिकै नाफा भएको हैन। डेडिकेटेड ट्रङ्क लाइनको बिलको पनि केही अंश होला। तर सबै हैन। महालेखा परीक्षकबाट हरेक वर्ष गरेको अडिटबाट आएको विवरण झुटो त नहोला’ उनले भने।

उनले तीन पटक गरेर २५ प्रतिशत महसुल घटाउँदा पनि प्राधिकरण नाफामै रहेको बताए। ५९ लाख ग्राहक रहेकोमा २२ लाख ग्राहकलाई ३० रुपैंया प्रतियुनिट शुल्कमा विद्युत् उपलब्ध गराएको, । सिचाइमा प्रति युनिट दुई रुपैंया शुल्क लिइरहे पनि प्राधिकरण नाफामै रहेको बताए।

१० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गरेर सङ्कलित रकम ठुला विद्युतीय योजनामा लगानी गर्ने तयारीमा रहेको र सहायक कम्पनीहरूमा समेत ५६ अर्ब लगानी गरेको उनले बताए। ‘प्राधिकरणको नाफा कुनै कागजी नाफा हैन’ उनले पत्रकार सम्मेलनमा बारम्बार भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर