धरानमा खानेपानी महसुलविरुद्ध आन्दोलन चर्कंदै, मेयरलाई खोज्दै आन्दोलनकारी

काठमाडौं । धरानमा खानेपानीको महसुल अचाक्ली वृद्धि गरेपछिको स्थानीय जनातको को प्रदर्शन चर्किएको छ । खानेपानी व्यवस्थापन बोर्डको बैठकसमेत नबसिकन मेयर एक्लैले खानेपानीमा ९ हजार ९ सय प्रतिशतसम्म महसुल वृद्धि गरेको स्थानीय जनताको आरोप छ । आन्दोलन साउन ११ देखि हुँदै आएको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क सापाङको एकलौटी निर्णयमा साउन १ गतेदेखि लागू हुने गरी ११ प्रतिशतदेखि ९ हजार ९ सय प्रतिशतसम्म खानेपानीको महसुल वृद्धि गरेका थिए । महसुल वृद्धिविरुद्ध राजनीतिक दलहरूले सुरुमा ७२ घण्टे अल्टिमेटम दिए पनि मेयर साम्पाङले बेवास्ता गरेका थिए । आक्रोशित जनताले हिजो बिहीबार धरान उपमहानगरको गेट अगाडि धर्ना दिँदै गेट तोडफोडको समेत प्रयास गरेका थिए । आज शुक्रबार पनि आन्दोलन जारी छ ।

आक्रोशित स्थानीय उपभोक्ताहरू जुत्ताको माला बनाएर ‘मेयर साम्पाङलाई लगाउने’ भनी नगरपालिका कार्यालय बाहिर प्रदर्शनमा बसेका छन् । बिहीबार नगरपालिकाको गेट तोडफोडको प्रयास गर्दा केही विद्यार्थी र प्रहरीहरू घाइते भएका थिए । गेट तोडफोड गर्ने विद्यार्थीहरूमाथि प्रहरीले लाठी चार्ज गरेको थियो । लाठी चार्जपछि भने घटनाले थप उग्ररूप लिएको थियो ।

प्रदर्शन नरोकिएपछि मेयर साम्पाङले छोटो सम्बोधन गर्दै साउन २७ गते आइतबार ११ बजे आन्दोलित पक्षहरूलाई वार्ताका लागि बोलाएका छन् । तैपनि आन्दोलन रोकिएको छैन । बिहीबार नै धरानका केही युवाहरूले खानेपानीको बिल काउन्टरमा तालाबन्दी गरेका छन् । धरान ११, १५ र १६ नम्बर वडाको खानेपानीको बिल काउन्टरमा तालाबन्दी गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर