सुन तोलामा १५ सय रुपैयाँ वद्धि

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ । हिजो बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको हो । हिजो १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि उकालो लागेको छ । हिजो १६ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर १७ सय ३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर