धादिङमा स्कुल गएकी तीनजना बालिका बेपत्ता, खोजीमा सघाउन आग्रह

काठमाडौं । धादिङको नीलकण्ठ माध्यामिक विद्यालयमा अध्ययनरत तीन जना बालिका बुधबारदेखि सम्पर्कविहीन भएका छन् । कक्षा ९ मा अध्ययनरत ती बालिका हिजो बिहान दश बजे विद्यालय गएका र त्यसपछि घर नआएपछि उनका अभिभावकहरूले खोजी कार्य सुरु गरेको हो । तीनै बालिकाहरूलाई खोजी गरिदिन उनीहरुका अभिभावक बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङमा आएपछि प्रहरीको समेत सक्रियतामा उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।

सम्पर्कविहीन बालिकाहरूमध्ये तीनै जना कक्षा ९ मा अध्ययनरत १४ वर्षीय रोशनी बिक, सुशिला तामाङ्ग र अस्मिता गुरुङ्ग रहेको उनीहरुका अभिभावकले बताएका छन् । बेपत्ता बालिकाहरु तीनै जना नीलकण्ठ नगरपालिकास्थित वडा नम्बर-३ मा आफ्नै परिवारसँग बस्दै आएका हुन् । उनीहरुको खोजीका लागि प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन गरिसकेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर