विदेशी मुद्राको विनियम दर : अमेरिकी डलरको मूल्य उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरको विनिमय मूल्य बढेको छ। अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ ०५ पैसा र बिक्री दर १३४ रुपैयाँ ६५ पैसा रहेको छ । हिजो अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा थियो। युरो १ को खरिद दर १४६ रुपैयाँ ४८ पैसा र बिक्री दर १४७ रुपैयाँ १४ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७० रुपैयाँ १७ पैसा र बिक्री दर १७० रुपैयाँ ९३ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ८५ पैसा र बिक्री दर ८८ रुपैयाँ २४ पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३८ रुपैयाँ १९ पैसा र बिक्री दर ४४० रुपैयाँ १५ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५५ रुपैयाँ ६३ र बिक्री दर ३५७ रुपैयाँ २२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर