आजका लागि तरकारीको मूल्य

काठमाडौं ।  आज कालीमाटी फलफूल तथा तरकारी बजारमा केही तरकारी र फलफूलको मूल्य बृद्धि भएको छ । कालीमाटी तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्य सूची अनुसार आज आलु, गोलभेडा, काउली, सिमीलगायतका तरकारीको भाउ बढेको हो ।

आज ठुलो नेपाली गोलभेडाको औसत मूल्य प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा पुगेको छ भने सानो लोकल गोलभेडाको भाउ पनि २२ रुपैयाँ ५० पैसा पुगेको छ । यसैगरी, टनेल गोलभेडाको औसत मूल्य प्रतिकेजी ३२ रुपैयाँ ८० पैसा, रातो आलु ६८ रुपैयाँ, रातो आलु (भारतीय) ५७ रुपैयाँ ५० पैसा,  सेतो आलु ५३ रुपैयाँ ५० पैसा, लोकल गाजर प्रतिकेजी ८५ रुपैयाँबाट बढेर ११६ रुपैयाँ पुगेको छ ।

यसैगरी तराई गाजर प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ६५ रुपैयाँ, तराई बन्दा ४६ रुपैयाँ ६७ पैसा, लाम्चो भन्टा ४६ रुपैयाँ, डल्लो भन्टा ५६ रुपैयाँ ६७ पैसा, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १०५ रुपैयाँ र भटमासकोशा १५५ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर