नेपाली कांग्रेसको बैठक साउन २८ गतेसम्म चल्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक दोस्रो दिनको बैठक जारी रहेको छ। दोस्रो दिनको बैठकमा प्रस्तुत एजेण्डामाथि नेताहरुले धारणा व्यक्त गर्ने क्रम जारी रहेको छ ।

सरकारमा गएपछि पहिलो पटक बसेको केन्द्रीय समिति बैठकमा महासमिति बैठकबाट पारित प्रस्तावका राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, पार्टीको १०० दिने सांगठनिक अभियान, अनुशासनको कारवाहीका लागि भएका सिफारिस, पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपूर्ति समसामयिक राजनीति र अन्य विविध विषय गरी ११ वटा एजेण्डा छलफलका लागि तोकिएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

हिजोको बैठकमा केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति कार्यसमितिलाई जानकारी गराएको थियो । त्यसैगरी केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले बंगलादेश, बेलायत, इजरायल, लेवनानमा पछिल्लो समय विकसित घटनाक्रमका साथै त्यहाँ रहेका नेपालीहरूसँग नियमित सम्पर्कमा रहिरहेको जानकारी गराएकी थिइन् ।

नेता विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह के।सी, डा. मिनेन्द्र रिजाल, आनन्दप्रसाद ढुंगाना, शंकर भण्डारी, कल्याणकुमार गुरुङ, देवेन्द्रराज कँडेल, गोविन्दबहादुर शाह र सीतादेवी देवकोटाले हिजोको बैठकमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए । बैठक साउन २८ गतेसम्म चल्ने बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर