हेलिकप्टर दुर्घटनासम्बन्धी जाँचबुझ आयोग गठन

काठमाडौं ।  सरकारले हेलिकप्टर दुर्घटना छानबिनका लागि नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । नुवाकोटको शिवपुरी गाउँपालिका– ७ मा बुधबार  एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।

उक्त दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट थापाको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । समितिको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत रहेका छन् । समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय दिइएको प्रवक्ता गुरुङले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर