याह्या सिनवार हमासहमास नयाँ राजनीतिक प्रमुख

काठमाडौं ।  गत हप्ता आफ्ना पूर्ववर्ती नेता इस्माइल हनियाको हत्यापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ राजनीतिक प्रमुखमा नियुक्त गरेको छ । गत अक्टोबर ७ मा गाजा युद्ध भड्काउने आक्रमणका मुख्य योजनाकारमध्ये एकका रूपमा इजरायलले सिनवारको नाम लिने गरेको छ ।

तेहरानमा हनियाको हत्यापछि इरानले प्रतिशोध लिने चेतावनी आइरहेका समय हमास समूहले यो घोषणा गरेको हो । इरानले हनियाको मृत्युको दोष इजरायललाई दिएको छ र घटनाको बदला लिने कसम खाएको छ भने हमासको लेबनानी सहयोगी हेजबुल्लाहले पनि बेरुतमा इजरायली आक्रमणमा हनिया र उनका सैन्य कमाण्डर फुआद शुकरको हत्याको बदला लिने प्रतिबद्धता जनाएको छ ।

सन् २०१७ देखि गाजामा हमासको नेतृत्व गर्दै आएका सिनवार र हनिया कतारमा बस्दै आएका थिए । हमासका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताएअनुसार सिनवारको चयनले लडाकू समूहले ‘प्रतिरोधको बाटो जारी राखेको’ सन्देश दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर