शेयर बजारमा १०८.३५ अंकको वृद्धि

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार उच्च अंकले बढेर बन्द भएको छ । आज नेप्से १०८.३५ अंकले बढेर दुई हजार ७ सय ५९ दशमलब ६७ विन्दुमा बन्द भएको हो । आज नेप्सेमा १७ अर्ब ९५ करोड ९ लाख बराबरको करोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये २३९ वटाको बढेको छ भने ३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ९ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज एनआइसी एसिया डिभेञ्चरको शेयरमूल्य ३ प्रतिशतले घटेको छ । यसका साथै आज हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको एक अर्ब ५३ करोड ५३ लाख बराबरको कारोबार भएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर