मिनेसोटाका गभर्नर वाल्ज उपराष्ट्रपतिको उम्मेदवार

काठमाडौं । अमेरिकी उपराष्ट्रपति एवम् राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले उपराष्ट्रपतिको उम्मेदवारमा मिनेसोटाका गभर्नर टिम वाल्जलाई अघि बढाएकी छन्। डेमोक्र्याटिकबाट राष्ट्रपतिको उम्मेदवार बनेसँगै ह्यारिसले उपराष्ट्रपतिमा मिनेसोटाका वाल्जलाई अघि बढाएकी हुन् ।

ह्यारिसले राष्ट्रपति उम्मेदवारका लागि पार्टीबाट पर्याप्त डेलिगेट भोट जितिसकेकी छन् । एक गभर्नर, एक प्रशिक्षक, एक शिक्षक र एक अनुभवीको रूपमा वाल्जले धेरै काम गरिसकेको र आफूलाई पनि सहज हुने ह्वारिसको विश्वास छ । ६० वर्षीय वाल्जले सदन प्रतिनिधिको रूपमा सेवा गरिसकेका छन् । उनी सन् २०१८ मा मिनेसोटाको गभर्नर र २०२२ मा पुनः निर्वाचित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर