पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन, पहिरो पन्छाउँदा लोडर चालक घाइते

काठमाडौं । पहिरोले बुधबार बिहानैदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पहिरो सफा गरेर राजमार्ग खुला गरिएको जानकारी दिए । अहिले एकातर्फी सडक खुलेको र विस्तारै दुवैतर्फ यातायात सञ्चालन गरिने पनि उनले बताए । पहिरोका कारण बुधबार बिहान ०७ः३५ बजेदेखि इच्छाकामना गा।पा।४ पृथ्वीराजमार्गको नाग्दी खोलामा अवरुद्ध थियो ।

माथिबाट ढुङ्गासहितको पहिरो झरी बाटो अवरुद्ध भएको थियो । अहिले सडक विभागको लोडरको सहायताले पहिरो पन्छाइएको हो । पहिरो पन्छाउने क्रममा माथिवाट खसेको ढुङ्गा लागेर लोडर चालक धादिङ गल्छीका ४६ वर्षीय लीलाधर अधिकारी घाइते भएका छन् । उनको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोकै कारण अहिले अवरुद्ध भएका सवारीसाधन अब सञ्चालनमा आउन थालेका छन् । पहिरोले अवरुद्ध हुँदा एसइईका पुरक परीक्षा दिन आएका कुरिनटारका विद्यार्थीहरु पनि मुग्लिनमा अलपत्र परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर