सुन तोलामा १४ सय घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलाको १४ सयले घटेर तोलाको एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ७ सय पुगेको थियो । यसअघि सोमबार सुनको मूल्य अहिलेसम्मकै धेरै १ लाख ५० हजार रुपैयाँ तोलामा बिक्री भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ घटेर १७१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर