अव्यवस्थित ग्रामीण सडकको निर्माण

काठमाडौं । चितवनको सिमलताल बस दुर्घटनाको विषयमा अध्ययन गर्न बनेको कार्यदलले आज गृहमन्त्री रमेश लेखकसमक्ष प्रतिवेदन पेस गरेको छ । गृहमन्त्री लेखकले पदबहाली गरेपछि पहिलो निर्णय गर्दै सिमलताल घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए ।

सो कार्यदलले प्रतिवेदन पेस गर्दै विपद् व्यवस्थापनलगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाल निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्नेमा रायसमेत दिएको छ । कार्यदलको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटनाका कारण लामो समयदेखि जनधनको क्षति भइरहेकाप्रति चिन्ता व्यक्त गरे ।

गृहमन्त्री लेखकले प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यदलले दिएको सुझाव मन्त्रालयले पनि कार्यान्वयन गर्नाका साथै अरू निकायलाई पनि कार्यान्वयन गर्न लगाउने बताए । । “यो गम्भीर र संवेदनशील विषय छ,” मन्त्री लेखकले भने, “हवाई दुर्घटना भयो भने आयोग र समिति बनाउने, दुर्घटनाका बारेमा जानकारी लिने, छानबिन हुने गरिन्थ्यो,” उनले भने, “सडक दुर्घटनाको एउटै निश्चित घटनालाई लिएर यो पहिलो समिति बनेको हो ।”

त्यस्तै, सिमलताल दुर्घटनाको मुख्य कारण भेलबाढीकै कारण दुईवटा बस बगाएको आशयसहितको निष्कर्ष कार्यदल निकालेको छ । प्रतिवेदन पेस गर्दै कार्यदलका संयोजक गृह मन्त्रालयका सहसचिव छवि रिजालले दुर्घटनास्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ्ग÷डिजाइन बिना नै ग्रामीण सडक खनिएको बताए । “दुर्घटनास्थलमा ठूलो मात्रामा ‘डेब्रिज’ (गेग्र्यान बहाव) भएको देखिन्छ, त्यहाँको भूगोल कमजोर पनि छ,” संयोजक रिजालले भने, “उक्त स्थानीय सडक निर्माणमा सुरक्षाको दृष्टिकोणले टेवा÷पर्खाल लगाएको पनि देखिँदैन ।” दुर्घटनामा परी नदीमा हराएका यात्रुमध्ये २४ जना शव फेला परे पनि ४० जनाको अवस्था अझै अज्ञात छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर