बागलुङको बडिगाडमा पहिरोबाट ८ जनाको मृत्यु

काठमाडौं । बागलुङको बडिगाडमा पहिरोबाट ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको छ ।  बडिगाड गाउँपालिका–९ बलघाँसमा मंगलबार बिहान खसेको पहिरोले १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेतको मृत्यु भएको हो । घर पछाडि आएको पहिरो पन्छाउन गएका परियारलाई पहिरोले पुरेको हो ।
त्यस्तै वडा नं १० को आरुपाटा भन्ने स्थानमा खसेको पहिरोले स्थाानीय जोगलाल बुढाको घर र गोठ पुरिंदा ७ वर्षका जुम्ल्याहा मालती बुढा र मधु बुढा, १३ वर्षका मनोज बुढा र १२ वर्षका अमन बुढाको पनि मृत्यु भएको हो । सोही घरमा आएकी छिमेकी सञ्जु बिककी ६ वर्षीया छोरीको पनि मृत्यु भएको छ । सोही घटनामा ५९ वर्षीया मैतीदेवी बिकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घर भत्केर पुरिएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङ र आसपासको प्रहरीको उद्धार टोली त्यसतर्फ गएको हो । (तस्बिरःसांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर