नेप्से १४५.०५ अंक घटे पनि सर्वाधिक कारोबारको नयाँ रेकर्ड

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से १४५.०५ अंकले घटेर दुई हजार ६ सय ५१ दशमलब ३२ विन्दुमा बन्द भएको हो ।

बजार घटेपनि नेप्सेमा सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा २३ अर्ब ७१ करोड ६७ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि यहि साउन १६ गते बुधबार नेप्सेमा २१ अर्ब ९१ करोड १५ लाख बराबरको करोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ८ वटाको बढेको छ भने २३३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज थ्रीस्टार हाइड्रोपावर लिमिटेड र कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।  आज सात कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । यसका साथै आज हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको एक अर्ब ३९ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर