सुक्खायाममा गन्हाउने बागमतीको यो विकराल रूप

काठमाडौं । उपत्यकाका सम्पूर्ण नदीहरूको संगम स्थल टेकु दोभान हो । यहीँबाट उपत्यकाको लामो नदी बागमतीको सही नाम उच्चारण गरिन्छ । उपत्यकाको सबैभन्दा लामो नदी हो बागमती । बागमतीको अगाडि अन्य सहायक नदीहरूको अस्तित्व ओझेलमा पर्दछ । काठमाडौं उपत्यकामा हिजो सोमबार राति र आज मंगलबार पूर्वाह्नसम्म परेको अविरल वर्षाका कारण बागमती उर्लिएको छ । शिवपुरी राष्ट्रिय निकुञ्ज बागद्वारबाट निस्केको बागमती र चोभार गल्छीपछि फराक भएर बग्ने बागमतीमा मंगलबार आएको बाढी डरलाग्दो थियो । त्यही डरलाग्दो बाढीको दृश्यलाई यहाँ उतारिएको छ । हेर्नुस् त सुक्खायाममा गन्हाउने बागमतीले अहिले कत्रो विकराल रूप लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर