नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडा गर्न निर्देशन

काठमाडौं । नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडा गर्न केन्द्रीय सुरक्षा समितिको बैठकले निर्देशन दिएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सोमबार बसेको बैठकले बंगलादेश घटनाक्रमसँगै त्यसले नेपालमा पार्ने असरका बारे समीक्षा गर्दै स्थल नाकाबाट हुने आवतजावतलाई व्यवस्थित गर्न र जाँचमा कडाइ गर्न निर्देशन दिएको हो । बंगलादेशमा विकसित घटनापछि नेपालमा गृहमन्त्री लेखकले चार वटै सुरक्षा निकायका उच्च अधिकारीहरुसहितको बैठक आह्वान गरेका थिए ।
गृहसचिव एकनारायण अर्याल, नेपाली सेनाका बलाधिकृत रथी अशोक सिग्देल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहितका उच्च सुरक्षा अधिकारीहरु सहभागी बैठकमा बंगलादेशको घटना र त्यसले नेपाललाई पार्न सक्ने असरका विषयमा समीक्षा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर