माइक्रो बसमा च्यापिएका घाइतेमध्ये एकजनाको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिकाको बाङ्गे भन्ने स्थानमा आज बिहान रुख ढलेर माइक्रो बसमा च्यापिएका घाइते सात यात्रुमध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको रुवी भ्याली गाउँपालिकास्थित वडा नम्वर–१ बस्ने ७२ वर्षीय नीरमान तामाङ्ग रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी मकेन्द्रकुमार मिश्रले बताए । मृतक तामाङ्गको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । थप उपचारका लागि काठमाडौं ल्याइएका पाँच जनाको उपचार भइरहेको छ । अन्य घाइतेमध्ये सबैको अवस्था सामान्य रहेको गजुरी अस्पतालले जनाएको छ ।
सुख्खा पहिरोसँगै आएको रुखले धादिङबाट काडमाडौंतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१००६ख६५१२ नम्वरको इलेक्ट्रोनिक माइक्रो बसलाई पहिरोले क्षति पुर्‍याएको थियो । ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर