पृथ्वी राजमार्ग मध्याह्नपछि सुचारु

काठमाडौं । सुक्खा पहिरोका कारण आज विहान अवरुद्ध भएको पृथ्वी राजमार्ग मध्याह्नपछि दुईतर्फी सञ्चालनमा आएको छ । पहिरोका कारण रुख ढलेर माइक्रो बस च्यापिएपछि अवरुद्ध भएको सडकमा पहिरो पन्छाई दुईतर्फ नै चालू गरिएको छ । पहिरोले धादिङबाट काडमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१००६ख६५१२ नम्बरको इलेक्ट्रोनिक माइक्रो बसलाई क्षति पुर्‍याएको थियो । माइक्रोमा सवार १५ यात्रुमध्ये ७ जना घाइते भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर