बंगलादेशमा रहेका करिब ४ सय विद्यार्थीसहित नेपालीहरू सुरक्षित

काठमाडौं । बंगलादेशमा रहेका अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्किसकेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ। दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै बंगलादेशमै रहेका करिब ४ सय विद्यार्थीसहित नेपालीहरू सुरक्षित रहेको जनाएको छ ।

उनीहरू सबै दूतावाससँगको समन्वयमा रहेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ।‘बङ्‍गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरूसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहनुभएको र उहाँहरुसँग यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ,’ दूतावासले विज्ञप्तिमा जनाएको छ ।

विद्यार्थीको आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रर्दशन भइरहेको, बङ्‍गलादेश सरकारबाट हाल अनिश्‍चितकालीन कर्फ्यु आदेशसमेत जारी भएको लगायतका जानकारी गराउँदै दूतावासले नेपालीहरुलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ। नेपाल फर्किन चाहने विद्यार्थी तथा समस्यामा परेका नेपालीले दूतावासका द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्रीमार्फत सम्पर्कमा आउन आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर