सुख्खा पहिरो खस्नाले पृथ्वी राजमार्ग अवरुद्ध, माइक्रो बसमा क्षति

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै बाङ्गेमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । गजुरी नजिकै बाङ्गेमा सुख्खा पहिरो खस्नाले एउटा माइक्रो बसमा क्षति पुगेको छ भने केही यात्रु घाइते भएका छन् ।

पहिरोमा परेको माइक्रो बसका यात्रुलाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भई संघीय राजधानी काठमाडौं भित्रने र बाहिरने सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर