सुन तोलाको मूल्य डेढ लाख पुग्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य डेढ लाख तोला पुगेको छ । सोमबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ५० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ७ सय रहेको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर