जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण पदक जिते

काठमाडौं । नोभोक जोकोभिचले पेरिस ओलम्पिकको टेनिस एकलमा स्वर्ण पदक जितेका छन् । कार्लोस अल्कारेजलाई पराजित गर्दै जोकोभिचले ओलम्पिकमा स्वर्ण जित्ने सपना पूरा गरेका हुन् ।

गत विम्बल्डनको फाइनलमा हार बेहोरे पनि ओलम्पिकमा स्वर्ण जित्न सफल भए । २४ ग्रान्ड स्लाम जितेर किर्तिमान बनाएका जोकोभिचले पहिलो पटक ओलम्पिकमा स्वर्ण जितेका छन् । जोकोभिचले ३७ वर्षको उमेरमा यो सफलता चुमेका हुन् । अल्कारेज भने ओलम्पिकको पुरुष एकल फाइनल पुग्ने सबैभन्दा कान्छा खेलाडी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर